२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार

न्युयोर्क-  मौसमी फ्लु (इन्फ्लुएन्जा) ले उग्र रूप लिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यस सिजनमा अहिलेसम्म १ करोड ८० लाख मानिस संक्रमित भइसकेका छन्। फ्लुकै कारण २ लाख ३० हजार जना अस्पताल भर्ना भएका छन् भने मृत्यु हुनेको संख्या ९ हजार ३ सय पुगेको छ।

विशेष गरी बालबालिकाहरू यो रोगको निशानामा परेका छन्। यस सिजनमा ३२ जना बालबालिकाको ज्यान गइसकेको छ, जसमा ९० प्रतिशतले खोप लगाएका थिएनन्। सीडीसीले डिसेम्बरदेखि फेब्रुअरीसम्म फ्लुको जोखिम उच्च रहने भएकाले ६ महिनाभन्दा माथिका सबैलाई तुरुन्तै खोप लगाउन आग्रह गरेको छ। अहिले इन्फ्लुएन्जा ‘ए’ (H3N2) भाइरस सबैभन्दा धेरै फैलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले सरसफाइमा ध्यान दिन र लक्षण देखिनेबित्तिकै अस्पताल जान सल्लाह दिएका छन्।