२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

गायक मोतिराज खनालको ‘मालारानी’ भजन सार्वजनिक

गायक मोतिराज खनालको ‘मालारानी’ भजन सार्वजनिक

काठमाडौं- अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय क्षेत्र मालारानीको महिमा समेटिएको नयाँ भजन “मालारानी” सार्वजनिक भएको छ। लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल र गायिका सुनितामी परियारको सुमधुर स्वर रहेको यो भजनले स्थानीय संस्कृति र आस्थालाई उजागर गरेको छ।

सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा शब्द र संगीत पनि मोतिराज खनालकै रहेको छ भने महेन्द्र भण्डारीले संगीत संयोजन गरेका छन्। मालारानी गाउँपालिकाको सहयोगमा निर्मित यसको म्युजिक भिडियोमा चर्चित कलाकारहरू सुरबिर पण्डित, शर्मिला शर्मा र सुस्मिता बुढाथोकीको दमदार अभिनय देख्न सकिन्छ। सुरज खनालले निर्देशन गरेको भिडियोले मालारानीको प्राकृतिक सुन्दरता र धार्मिक महत्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। निर्माण टोलीले यो भजनले अर्घाखाँचीको पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुर्‍याउने विश्वास लिएको छ।