२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मेयर पद त्यागेर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

मेयर पद त्यागेर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राजीनामा दिएलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका हुन्। वनस्थलीस्थित रास्वपाको ‘घण्टीघर’ पुगेर उनले पार्टीको चुनाव चिन्ह घण्टी समेत बजाएका छन्।

बालेनलाई स्वागत गर्न रास्वपा कार्यालयमा कार्यकर्ता र समर्थकहरूको ठुलो उपस्थिति रहेको थियो। उनलाई पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरूले स्वागत गरेका थिए। बालेनसँगै ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरुङ पनि रास्वपा कार्यालय पुगेका थिए। मेयर पदबाट बाहिरिएसँगै बालेन अब राष्ट्रिय राजनीतिमा सक्रिय हुने देखिएको छ।