२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

डा. रोहित तिमिल्सिनालाई अन्तर्राष्ट्रिय सम्मान: ‘डक्टर अफ डिभाइन’ बाट विभूषित

डा. रोहित तिमिल्सिनालाई अन्तर्राष्ट्रिय सम्मान: ‘डक्टर अफ डिभाइन’ बाट विभूषित

न्युयोर्क- नेपालका प्रख्यात गिनिज वर्ल्ड रेकर्ड्स विजेता तथा युवा प्रेरक डा. रोहित तिमिल्सिनालाई अमेरिकाको प्रतिष्ठित कलेजले ‘अनररी डक्टोरेट अफ डिभाइन’ (ईश्वरीय शास्त्रमा मानार्थ विद्यावारिधि) उपाधि प्रदान गरेको छ। सन् २०२६ को सुरुवातमा प्रदान गरिएको यो सम्मान उनको २० वर्ष लामो निरन्तरको साधना, कला, र समाजसेवाप्रतिको समर्पणको उच्च कदर हो।

डा. तिमिल्सिनाले एकै हातमा २१ वटा टेनिस बल समातेर र अमेरिकाको टाइम्स स्क्वायरमा सबैभन्दा लामो समयसम्म हात मिलाएर विश्व कीर्तिमान कायम गरी नेपालको नाम उच्च राखेका छन्। उनी व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई युवा सशक्तिकरण र प्रेरणादायी नेतृत्वका लागि पनि चिनिन्छन्। यो अन्तर्राष्ट्रिय सम्मानले उनको असाधारण यात्रामा एउटा नयाँ इँटा थपेको छ। सम्मान ग्रहण गर्दै उनले यो सफलतालाई व्यक्तिगत मात्र नभई सम्पूर्ण युवाहरूको सपना र उद्देश्यको प्रतीकका रूपमा चित्रण गरेका छन्। उनको यो उपलब्धिले आगामी पुस्तालाई धैर्यता र लगनका साथ अघि बढ्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ।