२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

चुनाव खर्चका लागि छुट्टै बैंक खाता: आयोगद्वारा राष्ट्र बैंकलाई पत्राचार

चुनाव खर्चका लागि छुट्टै बैंक खाता: आयोगद्वारा राष्ट्र बैंकलाई पत्राचार

काठमाडौं- निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवार र दलहरूका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। आचारसंहिता अनुसार अब उम्मेदवारले चुनावसम्बन्धी सम्पूर्ण खर्च यही विशेष खाताबाट मात्र गर्न पाउनेछन्।

नयाँ नियम अनुसार, २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग अनिवार्य रूपमा बैंकिङ प्रणालीबाट मात्र लिनुपर्नेछ। नगद सहयोग लिएमा पनि त्यसको रसिद काटेर खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। दल र उम्मेदवारले खर्चको हिसाब राख्न छुट्टै प्रतिनिधि तोक्नुपर्ने र आयोगले अर्को निर्देशन नदिएसम्म यी खाताहरू बन्द गर्न नपाइने गरी व्यवस्थापन गर्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ।