ग्रीनकार्डका कारण दुई उम्मेदवार आउट: कार्भिका र आशिकाद्वारा उम्मेदवारी फिर्ता
- ०९ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- विदेशी पीआर (ग्रीनकार्ड) भएका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई महिला उम्मेदवारले चुनावी मैदान छाडेका छन्। रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी राप्रपाकी कार्भिका थापा र धादिङ क्षेत्र नं. १ बाट उठेकी रास्वपाकी आशिका तामाङले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
कार्भिका अमेरिकी ग्रीनकार्ड होल्डर हुन् भने आशिका जर्मन ग्रीनकार्ड होल्डर हुन्। पूर्व कानुनमन्त्री निरन्जन थापाकी छोरी समेत रहेकी कार्भिकाले विज्ञप्ति जारी गर्दै उम्मेदवारी त्यागेको घोषणा गरिन्। उता आशिकाले भने निर्वाचन अधिकृतलाई फोन र इमेलमार्फत आफू पछि हट्ने जानकारी गराएकी छन्। निर्वाचन अधिकृतका अनुसार उनले कानुनी प्रक्रिया पुर्याउन आफै उपस्थित हुने तयारी गरेकी छन्।