२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

सुरक्षा निकायको धर्म देश र जनताको हित गर्नु हो : राष्ट्रपति पौडेल

सुरक्षा निकायको धर्म देश र जनताको हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको मुख्य काम नै शान्ति सुरक्षा कायम गर्दै देश र जनताको भलो गर्नु हो भनेका छन्। २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा बोल्दै उनले सशस्त्र प्रहरीको व्यावसायिकता र राष्ट्रहितप्रतिको समर्पणको प्रशंसा गरे।

उनले भने, “जब देशमा संकट पर्छ, विपद् आउँछ वा सीमामा चुनौती थपिन्छ, तब सबैभन्दा अगाडि तिमीहरू नै उभिन्छौ।” साथै, उनले आउँदै गरेको चुनाव देशको संविधान र लोकतन्त्रको स्थायित्वसँग जोडिएको बताउँदै यसलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरेका छन्।