एक तोला सुनको मूल्य ३ लाख १ हजार नाघ्यो
- ०९ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- आज शुक्रबार स्थानीय बजारमा सुन र चाँदीको भाउले नयाँ कीर्तिमान रचेको छ। हिजो (बिहीबार) को तुलनामा आज एकैदिन सुन तोलामा ९ हजार २०० रुपैयाँले बढेर ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
चाँदीको भाउ पनि आकासिएको छ। तोलामा ३२० रुपैयाँ बढेर आज चाँदी ६ हजार १९० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९६० डलर र चाँदी ९८ डलर पुगेकाले त्यसको सीधा असर नेपाली बजारमा परेको हो। केही दिनयता लगातार उकालो लागिरहेको सुनचाँदीको मूल्यले आज ऐतिहासिक रेकर्ड कायम गरेको छ।