२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकाका ९ राज्यमा माघे संक्रान्तिको रौनक: सिकागोदेखि बोस्टनसम मगर संस्कृति मनाइयाे

अमेरिकाका ९ राज्यमा माघे संक्रान्तिको रौनक: सिकागोदेखि बोस्टनसम मगर संस्कृति मनाइयाे

न्युयोर्क- “जहाँ रहे पनि आफ्नो मातृभूमि र संस्कृति नभुलौँ” भन्ने नाराका साथ अमेरिकामा रहेका मगर समुदायले सन् २०२६ को माघे संक्रान्ति भव्य रूपमा मनाएका छन्। मगर संघ अमेरिकाका विभिन्न च्याप्टरले आयोजना गरेको यो कार्यक्रम जनवरी ११ मा सिकागोबाट सुरु भएर जनवरी १८ मा बोस्टनमा पुगेर सकियो। संघका अध्यक्ष दीप सागर बुढा मगरले यो अभियान प्रवासमा संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन केन्द्रित रहेको बताए।

न्युयोर्कमा करिब एक हजार जनाको उपस्थितिमा गायक जगदीश समाल र गायिका संगिता थापा मगरले सांगीतिक माहोल तताए। टेक्सासको डलासमा भएको कार्यक्रममा गायक मिलन लामासहित स्थानीय कलाकारले कौरा, सालैज्यो र सोरठीमा सबैलाई नचाएका थिए। कोलोराडो, बाल्टिमोर, फिलाडेल्फिया, क्यालिफोर्निया र न्युजर्सीमा पनि मौलिक परिकार (तरुल, सखरखण्ड) खाने, चेलीबेटी पुज्ने र भलिबल खेल्ने जस्ता कार्यक्रम भएका थिए। बोस्टनमा पञ्चेबाजा र मयुर नाच समेत देखाइयो। न्युजर्सीमा बालबालिकालाई संस्कृतिबारे जानकारी दिइएकाे थियाे भने क्यालिफोर्नियामा खेलकुद प्रतियोगिता गरिएकाे थियाे।