पेन्टागनको नयाँ नीति: सहयोगीलाई ‘सीमित’ सहयोग, आफ्नै सुरक्षामा जोड
- १० माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- पेन्टागनले नयाँ राष्ट्रिय रक्षा रणनीति सार्वजनिक गर्दै अब अमेरिकी सहयोगी राष्ट्रहरूलाई ‘सीमित’ सहयोग मात्र दिने घोषणा गरेको छ। रक्षा मन्त्रालयले अब चीन वा रुसलाई होइन, आफ्नै देश (अमेरिकी मुख्यभूमि) र पश्चिमी गोलार्धको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ। यसअघिका रिपोर्टहरूमा चीनलाई मुख्य चुनौती मानिन्थ्यो भने अब चीनसँग ‘द्वन्द्व होइन, शक्ति’ को आधारमा सम्बन्ध राखिने बताइएको छ।
यो नयाँ ३४ पन्ने प्रतिवेदनमा राष्ट्रपति ट्रम्पको नीतिलाई बल पुग्ने गरी सहयोगी राष्ट्रहरूले आफ्नो सुरक्षाको भार आफै बोक्नुपर्ने कुरामा जोड दिइएको छ। प्रतिवेदनले भन्छ, “अब आदर्शवाद होइन, कठोर यथार्थवादको समय हो।” युरोपले रुस जस्ता ‘व्यवस्थापन गर्न सकिने’ खतराहरूको सामना आफै गर्नुपर्ने र दक्षिण कोरियाले पनि उत्तर कोरियालाई रोक्ने जिम्मा आफै लिनुपर्ने उल्लेख छ। ताइवानको विषयलाई खासै महत्त्व नदिइएको यो रणनीतिमा ग्रिनल्यान्ड र पनामा नहरजस्ता मुख्य क्षेत्रमा भने अमेरिकाले आफ्नो पहुँच छोड्ने छैन भन्ने प्रस्ट पारिएको छ।