न्युयोर्कबाट सञ्चालन हुने गरी ‘अमृत जीवनयोग प्रयोगशाला’को घोषणा, भोलिदेखि जुममार्फत जोडिन सकिने
- १० माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- जीवन विज्ञान अमेरिकाको आयोजनामा भोलि (जनवरी २५) देखि ‘अमृत जीवनयोग प्रयोगशाला’ औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। अमेरिकाको न्युयोर्क सहरलाई केन्द्र बनाएर सुरु हुन लागेको यो प्रयोगशालामा विश्वभरबाट साधकहरूले प्रविधिको माध्यमबाट सहभागिता जनाउन सक्नेछन्।
न्युयोर्कस्थित प्रशान्त खड्काको संयोजन तथा प्रशिक्षणमा सञ्चालन हुने यो कार्यक्रममा जोडिनका लागि जीवन विज्ञान परिवारले सबैमा अनुरोध गरेको छ। आयोजकका अनुसार, यो प्रयोगशाला शनिबार बाहेक साताको हरेक दिन नियमित रूपमा सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले जुम (Zoom) मार्फत सिधै जोडिन सक्ने व्यवस्था मिलाइएको छ। यसका लागि जुम मिटिङ आईडी ८५४ ३०३४ ५०८४ (854 3034 5084) तय गरिएको छ भने लगइन गर्न कुनै पासकोड आवश्यक पर्ने छैन।
समय तालिका र व्यवस्थापन विश्वका विभिन्न समय क्षेत्र (Time Zone) मा रहेका नेपाली तथा अन्य भाषी साधकहरूलाई पायक पर्ने गरी समय निर्धारण गरिएको आयोजकले जनाएको छ। जसअनुसार:
EST: (न्युयोर्क समय): बिहान ५:३० देखि ७:०० बजेसम्म
CST: बिहान ४:३० देखि ६:०० बजेसम्म
MST: बिहान ३:३० देखि ५:०० बजेसम्म
PST: बिहान २:३० देखि ४:०० बजेसम्म
कार्यक्रमबारे थप जानकारी आवश्यक परेमा अमेरिकास्थित सम्पर्क व्यक्तिहरू प्रशान्त खड्का (७३२-४९१-२७९४) र अस्मिता घिमिरे (२०१-७०६-१७९४) सँग सम्पर्क गर्न सकिने छ।