२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

मिनेसोटामा अर्को हत्यापछि बजेट रोक्ने डेमोक्र्याटहरूको चेतावनी: सटडाउनको जोखिम

मिनेसोटामा अर्को हत्यापछि बजेट रोक्ने डेमोक्र्याटहरूको चेतावनी: सटडाउनको जोखिम

न्युयोर्क- मिनियापोलिसमा संघीय एजेन्टको गोलीबाट अर्का एक व्यक्तिको ज्यान गएपछि अमेरिकी सिनेटमा हंगामा मच्चिएको छ। शनिबार ३७ वर्षीय रजिस्टर्ड नर्स अलेक्स जेफ्री प्रेटीको हत्या भएपछि डेमोक्र्याटिक सिनेटरहरूले ‘होमल्यान्ड सेक्युरिटी’ को बजेट नै रोक्ने चेतावनी दिएका छन्। यदि आगामी शुक्रबार मध्यरातसम्म सहमति नजुटे अमेरिकी सरकारको कामकाज ठप्प (सटडाउन) हुने जोखिम बढेको छ।

सिनेटमा रिपब्लिकनहरूसँग ५३ सिट मात्र छ, तर यो बिल पास गर्न ६० भोट चाहिन्छ। चक सुमर, क्याथरिन कोर्टेज मास्टो लगायतका प्रमुख डेमोक्र्याटिक सिनेटरहरूले अध्यागमन एजेन्सी (ICE) को कारबाहीमा अंकुश नलगाएसम्म भोट नदिने स्पष्ट पारेका छन्। उनीहरूले ट्रम्प प्रशासनले तालिम नभएका र आक्रामक एजेन्टहरू सडकमा उतारेर नागरिकको हत्या गरिरहेको आरोप लगाएका छन्। उता रिपब्लिकनहरूले भने यो बजेट प्याकेजलाई टुक्र्याउन नमानेको र पहिले नै पास भएको १७० अर्ब डलरको कोषबाट अध्यागमन कारबाही जारी राख्न सक्ने अवस्था छ। यो रस्साकस्सीले वासिङ्टनमा राजनीतिक तनाव बढाएको छ।