२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

झापा-५ मा बालेनको चुनावी दौडधुप: सोमबार दमकको उराव बस्तीबाट घरदैलो सुरु हुँदै

झापा-५ मा बालेनको चुनावी दौडधुप: सोमबार दमकको उराव बस्तीबाट घरदैलो सुरु हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा-५ का उम्मेदवार बनेका बालेन्द्र साह (बालेन) ले सोमबारदेखि दमकमा आफ्नो घरदैलो अभियान सुरु गर्दै छन्। सोमबार बिहान ८ बजे दमक-९ स्थित उराव बस्तीबाट यो अभियानको थालनी हुनेछ। उनको सचिवालयका अनुसार घरदैलो कार्यक्रम उराव बस्तीबाट सुरु भएर पाणिनी स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै फेरि उराव बस्तीमै आएर टुंगिनेछ।

यो अभियानका क्रममा बालेनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटेर उनीहरूका समस्या सुन्ने र आफ्ना चुनावी प्रतिबद्धताहरू सुनाउने योजना छ। बालेन शनिबार काठमाडौँ फर्किए पनि चुनावी माहोल तताउन उनकी श्रीमती सविना काफ्ले अहिले दमक पुगिसकेकी छन्। पार्टीले समर्थकहरूलाई तोकिएको समयमा उपस्थित हुन आग्रह गरेको छ।