२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

बाल्टिमोर काउन्टीको महिला आयोगमा सिर्जना काफ्ले नियुक्त: नेपाली समुदायका लागि गर्वको क्षण

बाल्टिमोर काउन्टीको महिला आयोगमा सिर्जना काफ्ले नियुक्त: नेपाली समुदायका लागि गर्वको क्षण

न्युयोर्क- अमेरिकाको बाल्टिमोर काउन्टीको महिला आयोगमा नेपाली मूलकी सिर्जना काफ्ले नियुक्त भएकी छिन्। काउन्टी प्रमुख क्याथी क्लाजमायरले शुक्रबार उनलाई यो जिम्मेवारी सुम्पिएकी हुन्। यो पदमा पुग्ने उनी सम्भवतः पहिलो नेपाली महिला हुन्।

सन् २०१६ मा अमेरिका गएकी सिर्जना हाल बाल्टिमोरमा बस्छिन् र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को डिसी मेट्रो क्षेत्रकी संयोजक पनि हुन्। नेपालमा रहँदा उनले ‘वुमन फर ह्युमन राइट’ संस्थामा डेढ दशकसम्म (१५ वर्ष) एकल महिलाको अधिकारका लागि काम गरेको अनुभव सँगालेकी छिन्। अमेरिकामा पनि उनी ‘अधिकार’ र ‘नेप्लिज वुमन ग्लोबल नेटवर्क’ जस्ता संस्थामार्फत सामाजिक काममा सक्रिय छिन्। उनको यो कार्यकाल सन् २०२८ को अन्त्यसम्म रहनेछ।