२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

न्यूयोर्कमा हिमपातपछि फुटपाथ सफा गर्ने कडा नियम: अटेर गरे २५० डलर जरिवाना

न्यूयोर्कमा हिमपातपछि फुटपाथ सफा गर्ने कडा नियम: अटेर गरे २५० डलर जरिवाना

न्यूयोर्क- अमेरिकाको न्यूयोर्क सहरमा हिमपात रोकिएपछि घरधनी तथा व्यवसायीहरूले आफ्नो घर अगाडिको फुटपाथ सफा गर्नुपर्ने कडा नियम लागू गरिएको छ। पैदल यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न सहर प्रशासनले हिमपात रोकिएको समयका आधारमा हिउँ पन्छाउने समयसीमा तोकेको छ। यदि तोकिएको समयभित्र हिउँ नहटाएमा घरधनीले २५० डलरसम्म जरिवाना तिर्नुपर्नेछ।

नियम अनुसार, बिहान ७ बजेदेखि बेलुका ४:५९ सम्म हिउँ रोकिएमा ४ घण्टाभित्र बाटो सफा गरिसक्नुपर्छ। यदि बेलुका ५ बजेदेखि राति ८:५९ सम्म रोकिएमा १४ घण्टाभित्र र राति ९ बजेदेखि बिहान ६:५९ सम्म रोकिएमा भोलिपल्ट बिहान ११ बजेभित्र सफा गर्नुपर्नेछ। सफाइ गर्दा कम्तीमा ४ फिट चौडा बाटो खुलाउनुपर्छ। हिउँ जमेर हटाउन गाह्रो भएमा नुन वा बालुवा प्रयोग गर्न सकिन्छ, तर सडकमा हिउँ फ्याँक्न पाइँदैन। साथै, फायर हाइड्रन्ट र ह्विलचेयर र्‍याम्पहरू पनि अनिवार्य रूपमा हिउँमुक्त राख्नुपर्नेछ।