२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

न्यूयोर्कमा वर्षौँयताकै ठुलो हिमपात: यातायात ठप्प, ११ हजार उडान रद्द

न्यूयोर्कमा वर्षौँयताकै ठुलो हिमपात: यातायात ठप्प, ११ हजार उडान रद्द

न्यूयोर्क- अमेरिकाको न्यूयोर्क र न्युजर्सी क्षेत्रमा आइतबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। न्यूयोर्क सहरमा १० इन्चभन्दा बढी हिउँ थुप्रिएको छ, जुन पछिल्ला केही वर्षयताकै सबैभन्दा ठुलो हिमपात हो। हड्सन भ्याली र कनेक्टिकट क्षेत्रमा अझ बढी हिउँ परेको छ। अत्यधिक चिसो र हिउँका कारण न्युजर्सी ट्रान्जिटको रेल सेवा पूर्ण रूपमा ठप्प छ भने सोमबार बिहानसम्म पनि सेवा सुचारु हुने सम्भावना कम देखिएको छ।

सडकमा जमेको हिउँ र बरफका कारण यात्रा जोखिमपूर्ण बनेको छ। राज्य प्रहरीले २५० भन्दा बढी दुर्घटनाको रिपोर्ट आएको जनाएको छ। हवाई यातायाततर्फ ला-गार्डिया र जेएफके विमानस्थलमा गरी ११ हजार ४०० भन्दा बढी उडान रद्द भएका छन्, जुन महामारीयताकै उच्च संख्या हो। न्यूयोर्कका मेयर जोहरान मामदानीले चिसोका कारण ५ जनाको मृत्यु भएको हुन सक्ने बताउँदै नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्। सोमबार धेरै विद्यालयहरू बन्द रहे पनि न्यूयोर्क सिटीका विद्यार्थीहरूका लागि भने ‘भर्चुअल क्लास’ सञ्चालन हुनेछ। आगामी एक हप्तासम्म तापक्रम माइनसमा रहने भएकाले जमेको हिउँ पग्लन समय लाग्ने मौसमविद्हरूले बताएका छन्।