२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कको ‘ट्राभल शो’ मा नेपालको प्रवर्द्धन: अमेरिकी पर्यटक तान्न ६ कम्पनीको सहभागिता

न्युयोर्कको ‘ट्राभल शो’ मा नेपालको प्रवर्द्धन: अमेरिकी पर्यटक तान्न ६ कम्पनीको सहभागिता

न्युयोर्क- नेपाल पर्यटन बोर्ड (NTB) ले अमेरिकाको न्युयोर्कमा आयोजित ‘ट्राभल एन्ड एडभेन्चर शो २०२६’ मा सहभागिता जनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गरेको छ। जनवरी २४ र २५ मा जेकब के जाभिट्स कन्भेन्सन सेन्टरमा भएको यो मेलामा नेपालका ६ वटा निजी पर्यटन कम्पनीले आफ्ना सेवा र प्याकेजहरू प्रस्तुत गरे।

अमेरिका नेपालका लागि दोस्रो ठुलो पर्यटक स्रोत मुलुक हो। सन् २०२५ मा मात्रै १ लाख १२ हजारभन्दा बढी अमेरिकी पर्यटक नेपाल आएका थिए। यो संख्या अझ बढाउने उद्देश्यले टान (TAAN) सँगको सहकार्यमा बोर्डले मेलामा भाग लिएको हो। कार्यक्रममा सहभागी अमेरिकीहरूले नेपालको हिमाल आरोहण र ट्रेकिङमा विशेष चासो देखाएका छन्। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधीराम भण्डारीले पनि नेपालको स्टल अवलोकन गर्दै अमेरिकामा नेपालको प्रचार बढाउने विषयमा व्यवसायीहरूसँग छलफल गरे।