त्रिशूलीमा भेटिएको गणपति डिलक्सको उत्खनन स्थगित: बसभित्र मानव कंकाल फेला
- १३ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- तनहुँको आँबुखैरेनीस्थित त्रिशूली नदी किनारमा भेटिएको ‘गणपति डिलक्स’ बस निकाल्ने काम आज (मंगलबार) देखि रोकिएको छ। लगातार १७ दिनसम्म प्रयास गर्दा पनि बसको केही भाग मात्र निकाल्न सकिएको र बाँकी भाग निकाल्न जटिल देखिएपछि प्रशासनले उत्खनन स्थगित गर्ने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार हिजो (सोमबार) बसभित्र मानव कंकाल भेटिएको थियो, जसको बारेमा थप अनुसन्धान भइरहेको छ। काठमाडौँबाट गौर जाँदै गरेको यो बस २०८१ असार २८ गते चितवनको सिमलताल पहिरोमा परी बेपत्ता भएको थियो। करिब ६ महिनापछि गत पुस २६ गते तनहुँको दोन्द्राङवेसीमा यो बसको भग्नावशेष फेला परेको थियो।