न्यूयोर्कका नदीमा बरफको पहाड: डुङ्गा सेवा अनिश्चितकालका लागि बन्द
- १४ माघ २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्कमा चिसो यति धेरै बढेको छ कि हड्सन र ईस्ट रिभर (नदी) मा ठुला-ठुला बरफका ढिक्काहरू जमेका छन्। यही खतरनाक अवस्थालाई मध्यनजर गर्दै मंगलबार दिउँसो २ बजेदेखि ‘NYC Ferry’ (डुङ्गा सेवा) पूर्ण रूपमा बन्द गरिएको छ।
बरफ फुटाउनका लागि टग बोटहरू खटिएका त थिए, तर नदी नै ढाक्ने गरी जमेको बरफ पन्छाउन निकै मुस्किल परेको छ। अधिकारीहरूले भनेका छन्— यो अवरोध आजको भोलि नै हट्नेवाला छैन, सायद केही दिनसम्मै डुङ्गा सेवा ठप्प हुन सक्छ।
एकातिर पानी जहाज बन्द भए पनि अर्कोतिर न्युजर्सीका यात्रुहरूका लागि भने राहतको खबर छ। न्युजर्सी ट्रान्जिटले बुधबारदेखि आफ्ना सबै सेवाहरू (रेल, बस, लाइट रेल) नियमित समयतालिका अनुसार नै चलाउने घोषणा गरेको छ।