न्यूयोर्कमा हिउँ पगाल्न ‘जाइन्ट हट टब’ को प्रयोग: घण्टामा १२० टन हिउँ पानी बन्ने
- १५ माघ २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्कमा अत्यधिक चिसोका कारण सडकमा जमेको हिउँ प्राकृतिक रूपमा नपग्लेपछि सहर प्रशासनले ‘जाइन्ट हट टब’ भनिने हिउँ पगाल्ने विशाल मेशिनहरू सञ्चालनमा ल्याएको छ। सन् २०२१ पछि पहिलोपटक प्रयोगमा ल्याइएका यी मेशिनहरूले घण्टामा १२० टन हिउँ पगालेर सहरको ढल प्रणाली मा पठाउँछन्।
अहिले न्यूयोर्कको तापक्रम माइनसमा झरेकाले सडक छेउमा थुप्रिएको हिउँ फोहोर र कडा बरफमा परिणत भएको छ, जसले गर्दा पैदल यात्री र सवारी चालकलाई सास्ती भइरहेको छ। यो समस्या हल गर्न सरसफाइ विभागले सहरका ५ वटा मुख्य स्थानमा यी मेशिनहरू राखेर हिउँ पगाल्ने काम सुरु गरेको छ। आगामी दुई हप्तासम्म यी मेशिनहरू चौबिसै घण्टा चल्नेछन्। मेयर जोहरान मामदानीले ८ वर्षयताकै कडा चिसोले गर्दा हिउँ पन्छाउन चुनौती थपिएको बताएका छन्।