२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अब मोबाइलमै हेर्न पाइने भो टी-२० विश्वकप: नेपालकै पहिलो स्पोर्ट्स एप ‘STYX NEPAL’ सञ्चालनमा

अब मोबाइलमै हेर्न पाइने भो टी-२० विश्वकप: नेपालकै पहिलो स्पोर्ट्स एप ‘STYX NEPAL’ सञ्चालनमा

काठमाडौँ- नेपाली खेलकुद र प्रविधि क्षेत्रमा एउटा नयाँ खुसीको खबर छ। अब तिमीले विश्वकप क्रिकेट हेर्नको लागि टिभी अगाडि बस्नु पर्दैन। नेपालकै पहिलो खेलकुद विशेष डिजिटल प्लेटफर्म (OTT) ‘STYX NEPAL’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

आउँदो माघ २४ गते (फेब्रुअरी ७) देखि सुरु हुने टी-२० विश्वकपका सबै खेलहरू अब आफ्नै मोबाइल, ट्याब्लेट वा स्मार्ट डिभाइसमा जहाँ भए पनि ‘लाइभ’ हेर्न पाइने छ। लामो समयदेखिको प्रतिक्षा अन्त्य गर्दै यो एपले नेपाली दर्शकलाई घरमै वा यात्रामा हुँदा पनि विश्वस्तरीय क्रिकेटको मज्जा लिने अवसर जुराएको छ।

के छन् त ‘STYX NEPAL’ का मुख्य विशेषताहरू?

नेपालकै पहिलो: यो खेलकुदलाई मात्र प्राथमिकता दिएर तयार पारिएको नेपालको पहिलो डिजिटल प्लेटफर्म हो।

प्रत्यक्ष प्रसारण (Live Streaming): टी-२० विश्वकपका सबै रोमाञ्चक खेलहरू प्रत्यक्ष हेर्न हेर्न पाइने छ।

सजिलो भुक्तानी: यसको शुल्क तिर्न कुनै झन्झट छैन। ईसेवा (eSewa) बाटै सजिलै र सुरक्षित रूपमा भुक्तानी गर्न सकिन्छ।

सबैका लागि उपलब्ध: एन्ड्रोइड फोन होस् वा आईफोन (iOS), यो एप दुवैमा डाउनलोड गरेर चलाउन सकिन्छ।

प्लेटफर्मका प्रबन्ध निर्देशक शिशिर पछाईले यसलाई नेपाली खेलकुद क्षेत्रको ‘डिजिटल क्रान्ति’ भनेका छन्। उनले भने, “विश्वकप जस्तो ठुलो उत्सवलाई नेपाली खेलप्रेमीहरूको पहुँचमा पुर्‍याउन पाउनु हाम्रा लागि गर्वको कुरा हो।” त्यसैले, अब ढिला नगर, आजै एप डाउनलोड गर र माघ २४ बाट सुरु हुने क्रिकेटको महाकुम्भमा सहभागी बनौँ!

थप जानकारीका लागि: STYX NEPAL काे वेबसाइट: www.styxnepal.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।