२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ट्रम्पको आप्रवासन नीतिले अमेरिकामा ‘सटडाउन’ को खतरा: सरकारी कामकाज ठप्प हुने !

ट्रम्पको आप्रवासन नीतिले अमेरिकामा ‘सटडाउन’ को खतरा: सरकारी कामकाज ठप्प हुने !

न्युयोर्क- अमेरिकी संघीय सरकार फेरि बन्द (Shutdown) हुने संघारमा पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति र डेमोक्र्याटहरूबीचको झगडाले बजेट पास हुन नसक्दा शनिबार मध्यरातदेखि सरकार आंशिक रूपमा बन्द हुने पक्कापक्की जस्तै भएको छ।

सिनेटमा डेमोक्र्याटहरूले ‘आइसिइ’ को बजेट रोकिदिएका छन्। मिनियापोलिसमा आप्रवासी एजेन्टको गोलीबाट एक नर्सको मृत्यु भएपछि डेमोक्र्याटहरूले आईसिईको गस्ती र बल प्रयोगमा कडा नियम नराखेसम्म बजेट पास गर्न नदिने अडान लिएका छन्।

उता तल्लो सदन (House of Representatives) सोमबारसम्म बिदामा भएकाले समयमै निकास निस्कने सम्भावना कम छ। यदि ‘सटडाउन’ भयो भने लाखौँ सरकारी कर्मचारीले तलब बिना काम गर्नुपर्ने वा बिदामा बस्नुपर्ने अवस्था आउनेछ। ट्रम्पको यो कार्यकालमा यो दोस्रो सटडाउन हुनेछ।