२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्यूयोर्कमा चिसोले कठ्यांग्रिएर १३ जनाको मृत्यु, सडकमा जोखिम बढ्दो

न्यूयोर्कमा चिसोले कठ्यांग्रिएर १३ जनाको मृत्यु, सडकमा जोखिम बढ्दो

न्यूयोर्क- न्यूयोर्क सहरमा अत्याधिक चिसो र हिमपातका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। शुक्रबार थप ३ जनाको शव भेटिएसँगै मृतकको संख्या बढेको हो। दुःखद कुरा के छ भने, यी सबै १३ जना नै घरबाहिर वा सडकमा मृत फेला परेका हुन्।

मृतकहरूमध्ये एकजना क्विन्सको पार्कमा रहेको बेन्चमा हिउँले पुरिएको अवस्थामा भेटिएका थिए भने अर्का एक ५२ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएको केही समयमै मृत फेला परे। ‘कोड ब्लु’ जस्तो आपतकालीन नियम लागु हुँदाहुँदै पनि बिरामीलाई सडकमा छाडिएको भन्दै मेयर जोहरान मामदानीको प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ।

मेयर मामदानीले यो ८ वर्षयताकै सबैभन्दा कडा चिसो भएको बताउँदै ८०० भन्दा बढीलाई आश्रय दिइएको जानकारी दिएका छन्। तर, मौसमविद्हरूले अबको केही दिन झन् खतरनाक हुने र हावाको चिसोपना माइनस १० डिग्रीसम्म झर्न सक्ने चेतावनी दिएका छन्। “बाहिर निस्कँदा छाला केही मिनेटमै जम्न सक्छ,” अधिकारीहरूले भनेका छन्। अमेरिकाभर चिसोका कारण मृत्यु हुनेको संख्या १०० को हाराहारीमा पुगेको अनुमान गरिएको छ।