२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

विश्वभर आप्रवासीलाई लखेटिँदा स्पेनले दियो ५ लाख जनालाई ‘कागज’: कसले पाउँछन् सुविधा?

विश्वभर आप्रवासीलाई लखेटिँदा स्पेनले दियो ५ लाख जनालाई ‘कागज’: कसले पाउँछन् सुविधा?

न्युयोर्क- यतिबेला विश्वका शक्ति राष्ट्रहरू आप्रवासी देख्नै नचाहने भएका छन्। अमेरिकामा ट्रम्प प्रशासनले “डिपोर्टेसन” को डर देखाइरहेको छ भने अन्य युरोपेली देशहरूले सिमानामा काँडेतार लगाउँदै छन्। तर, यही भिडमा स्पेन भने आप्रवासीहरूका लागि ‘आशाको किरण’ बनेर उभिएको छ। स्पेनले ५ लाख आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा गरेर दुनियाँलाई चकित पारेको छ।

यो निर्णयले त्यहाँ कागजपत्र नभएर लुकीछिपी बसिरहेका करिब ५ लाख मानिसको भाग्य चम्किनेवाला छ। अब उनीहरूले डराएर होइन, खुलेर काम गर्न पाउनेछन्। खासमा स्पेनलाई पनि यो रहर मात्र होइन, बाध्यता हो। त्यहाँ काम गर्ने युवा जनशक्ति घट्दै गएको छ र बुढापाकाहरूको संख्या बढ्दो छ। त्यसैले आफ्नो अर्थतन्त्र बचाउन स्पेनले आप्रवासीलाई “बोझ” होइन, “शक्ति” मानेर स्वागत गरेको हो। जहाँ ठुला देशहरू ढोका थुन्दै छन्, स्पेनले झ्याल मात्र होइन मुल ढोका नै खोलिदिएको छ।