इरानमा रहेका नेपालीलाई सरकारको ‘अर्जेन्ट’ म्यासेज: ‘जतिसक्दो चाँडो देश छोड्नु’
- १८ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- तिमीलाई एउटा अति जरुरी खबर सुनाउनु छ, विशेषगरी यदि तिम्रो कोही आफन्त वा साथीभाइ इरानमा छन् भने। त्यहाँको सुरक्षा र राजनीतिक अवस्था निकै बिग्रिँदै गएपछि नेपाल सरकारले एउटा गम्भीर सूचना जारी गरेको छ।
परराष्ट्र मन्त्रालयले इरानमा बसिरहेका वा रोजगारी गरिरहेका सम्पूर्ण नेपाली नागरिकलाई ‘जुनसुकै माध्यम प्रयोग गरेर भए पनि’ यथाशीघ्र र सुरक्षित रूपमा इरान छोड्न अनुरोध गरेको छ। अवस्था कतिबेला के हुन्छ भन्न नसकिने भएकाले, त्यहाँ रहेका नेपालीले जुनसुकै बेला भाग्नुपर्ने हुन सक्छ भनेर आफ्नो पासपोर्ट, परिचयपत्र र अन्य कागजातहरू गोजीमै वा झोलामै तयारी अवस्थामा राख्नुपर्नेछ।
सरकारले यसअघि गत पुस २९ (जनवरी १३) मा पनि यस्तै चेतावनी दिएको थियो, तर अहिले अवस्था झन् गम्भीर बनेको देखिन्छ। साथै, यदि तिमी वा तिम्रो चिनजानको कोही इरान जाने योजना बुन्दै हुनुहुन्छ भने, अहिलेलाई त्यो प्लान क्यान्सिल नै गर्दा राम्रो हुन्छ। मन्त्रालयले अवस्था सामान्य नहुन्जेल इरान नजान स्पष्ट सुझाव दिएको छ।