टी-२० विश्वकपको महाकुम्भ सुरु, नेपालले भोलि इंग्ल्यान्डको सामना गर्ने
- २४ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- भारत र श्रीलंकामा आजबाट १० औं आईसीसी टी–२० विश्वकप सुरु भएको छ। क्रिकेटको यो महाकुम्भमा पहिलो दिन नै तीनवटा खेल भएका छन्।
समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा अहिले पाकिस्तान र नेदरल्यान्ड्स र दोस्रो खेलमा स्कटल्यान्ड र वेस्ट इन्डिजसंग भएकाे छ । पहिला खेलमा पाकिस्तान र दाेस्राे खेलमा वेस्ट इन्डिज विजयी भएका छन। यी दुई टिम नेपाल रहेकै समूह ‘सी’ मा छन्। यो खेल भारतको कोलकातामा दिउँसो सवा ३ बजे सुरु भएकाे थियाे।
त्यस्तै, आजको तेस्रो खेलमा आयोजक भारत र अमेरिका भिड्नेछन्। समूह ‘ए’ अन्तर्गतको यो खेल साँझ सवा ७ बजे मुम्बईको वाङ्खडे स्टेडियममा हुनेछ।
नेपाली टोलीले भने आफ्नो पहिलो खेल भोलि (आइतबार) खेल्नेछ। नेपालले बलियो टिम इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।