लागुऔषध बोकेको डुङ्गामा अमेरिकी सेनाको आक्रमण: प्रशान्त महासागरमा दुई जनाको मृत्यु
- २७ माघ २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करी भइरहेको शंकामा अमेरिकी सेनाले एउटा डुङ्गामा आक्रमण गरेको छ। यो कारबाहीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
अमेरिकी रक्षा मन्त्रालयको ‘साउदर्न कमान्ड’ ले दिएको जानकारी अनुसार, यो घटना ‘अपरेसन साउदर्न स्पियर’ अन्तर्गत भएको हो। सेनाको विशेष टोलीले लागुऔषध ओसारपसार हुने रुटमा गस्ती गरिरहँदा अवैध गतिविधि देखेपछि डुङ्गालाई निशाना बनाएको थियो।
सन् २०२५ को सेप्टेम्बरबाट सुरु गरिएको यो अभियानअन्तर्गत अहिलेसम्म क्यारिबियन र प्रशान्त क्षेत्रमा १३० जनाभन्दा बढी मानिस मारिइसकेका छन्। अन्तर्राष्ट्रिय जलक्षेत्रमा यसरी सैन्य कारबाही चलाउँदा ठुलो संख्यामा मानिसको ज्यान गएपछि कानुनविद् र मानव अधिकार समूहहरूले यसको वैधानिकतामाथि प्रश्न उठाउन थालेका छन्।