रामेछापमा बस तामाकोशी नदीमा खस्यो: १२ जनाको मृत्यु, चालक पक्राउ
- २७ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौँ – रामेछापको सदरमुकाम मन्थली नजिकै ठुलो बस दुर्घटना भएको छ। काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुबाहक बस सडकबाट तामाकोशी नदीमा खस्दा १२ जनाको ज्यान गएको छ।
दुर्घटनामा परेको बस ‘अरनिको यातायात’ को हो, जसको नम्बर प्रदेश ०३–०१–००५ ख ९९७५ रहेको छ। प्रहरीका अनुसार, मन्थली नगरपालिका-६ स्थित मसानटार भन्ने ठाउँबाट बस करिब १०० मिटर तल नदीमा खसेको थियो।
घटनामा चालकसहित ८ जना घाइते भएका छन्। उनीहरूको अहिले खुर्कोटको शुभ जीवन अस्पताल तथा मन्थली र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने नदीमा बेपत्ता भएका अन्य यात्रुहरूको खोजी कार्य जारी राखेको छ।