२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा चिसोले १८ जनाको मृत्यु: मामदानी प्रशासनको चर्को आलोचना

न्युयोर्कमा चिसोले १८ जनाको मृत्यु: मामदानी प्रशासनको चर्को आलोचना

न्युयोर्क- न्युयोर्क सहरमा अत्याधिक चिसोका कारण १८ जनाको ज्यान गएपछि मेयर मामदानीको प्रशासन तातेको छ। सिटी काउन्सिलमा भएको सुनुवाइमा अधिकारीहरूले चिसोको पूर्वतयारीमा कमजोरी भएको स्वीकार गरेका छन्।

समाज कल्याण आयुक्त मोली पार्कले अचानक बढेको चिसोले धेरैलाई झुक्याएको बताइन्। उनले चाँडै पदबाट राजीनामा दिने घोषणा पनि गरेकी छन्। तथ्यांक अनुसार, चिसोका कारण सडकमा १५ जनाको मृत्यु भएको छ भने घरभित्रै चिसोले कठ्यांग्रिएर ७ जनाको ज्यान गएको छ।

न्युयोर्क प्रहरीले चिसोको समयमा १,५०० जना घरबारविहीनलाई आश्रयको प्रस्ताव गरेको थियो। तर, जम्मा ५४० जनाले मात्र त्यो स्वीकार गरे। ३३ जनालाई भने प्रहरीले जबरजस्ती हटाउनुपरेको थियो।

काउन्सिल स्पिकर जुली मेनिनले घरबारविहीनलाई सडकमै छोड्ने नीतिको कडा आलोचना गरेकी छन्। “मानिसहरूलाई बाटोमै मर्न दिनु मानवीय होइन,” उनले भनिन्। प्रशासनले अब ‘वार्मिङ भ्यान’ को प्रयोग बढाउने र सूचना प्रवाह चुस्त बनाउने बताएको छ।