लोक दोहोरी तथा सांगीतिक साँझ : न्युयोर्कमा गुन्जियो राजु परियारको स्वर
- २९ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क— गोर्खाली समाज न्युयोर्क, अमेरिकाले आयोजना गरेको लोक दोहोरी तथा सांगीतिक साँझ न्युयोर्कस्थित ‘द प्यालेस’ मा सम्पन्न भएको छ। लोक गायक राजु परियारको विशेष प्रस्तुति रहेको कार्यक्रममा वरपरका राज्यबाट आएका नेपालीसहितका दर्शकको बाक्लो उपस्थिति रहेकाे थियो।
नेपालका वाणिज्य दूत दधिराम भण्डारीको प्रमुख आतिथ्य र एनआरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र शाहको विशेष आतिथ्यमा कार्यक्रम सम्पन् भएकाे थियाे। लोक गायक परियाले आफ्ना चर्चित लोक तथा दोहोरी गीत गाएर । दर्शकलार्इ भरपुर मनाेरञ्न दिलाएका थिए।

आयोजक गोर्खा समाज युएसएका अध्यक्ष ओम विश्वकर्माले विदेशमा रहेका नेपालीबीच सांस्कृतिक सम्बन्ध बलियो बनाउन कार्यक्रम गरिएको बताए। ‘हामी नेपाली परम्परा जोगाउन र समुदायलाई एकै ठाउँमा ल्याउन चाहन्छौं,’ उनले भने, ‘यति धेरै दर्शकले कार्यक्रमको आनन्द लिएको देख्दा हाम्रो प्रयास सफल भएको महसुस भएको छ।’
कार्यक्रमभरि परियारले दर्शकसँग संवाद गर्दै गीत गाए र आफ्ना अनुभव पनि सुनाएका थिए। उनको स्वरले सबै उमेर समूहका दर्शकलाई मन्त्रमुग्ध बनाएकाे थियाे। कार्यक्रममा चन्द्र शर्मा, बिमल डाँगी, निशा सुनार, दिनेश सुनार, रंजित गुरुङ, भुपेन्द्र गुरुङ, बसन्ती राई र हास्य कलाकार महादेव त्रिपाठीले पनि प्रस्तुति दिएका थिए।
परम्परागत पोसाक र नेपाली खानपानले प्रवासमा पनि गाउँघरकै झल्को दिएको थियो।
बेगम पण्डित,न्यूयोर्क