२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ जनाको अवस्था गम्भीर

बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ जनाको अवस्था गम्भीर

काठमाडौं-  बागलुङ बजारमा स्कुल बस दुर्घटना भएको छ। ‘न्यु एभरेष्ट बोर्डिङ स्कुल’ को विद्यार्थी बोकेको बस सडकबाट तल खस्दा २३ जना विद्यार्थी घाइते भएका छन्।

बागलुङ नगरपालिका–१ रामरेखाबाट रातामाटातर्फ जाँदै गरेको ग ३ च ८६२१ नम्बरको बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार, दुर्घटनामा घाइते भएका सबै विद्यार्थीलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।