२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकामा भिक्षुहरूको यात्रा: शान्तिका लागि ३,२०० किलोमिटर पैदल हिँडे

अमेरिकामा भिक्षुहरूको यात्रा: शान्तिका लागि ३,२०० किलोमिटर पैदल हिँडे

वासिङ्टन – अमेरिकामा १९ जना बौद्ध भिक्षुहरूको समूहले शान्तिको सन्देश फैलाउन ३,२०० किलोमिटर लामो पैदल यात्रा पूरा गरेको छ।

गत अक्टोबर २६ मा टेक्सस राज्यबाट सुरु भएको यो ‘शान्ति पदयात्रा’ (वाक फर पिस) १०८ दिन लगाएर जनवरी १० मा राजधानी वासिङ्टन डीसीमा टुंगिएको हो।

राजनीतिक रूपमा विभाजित अमेरिकी समाजमा शान्ति, दया र करुणाको सन्देश दिन भिक्षुहरूले यो कठिन यात्रा गरेका हुन्। यात्राका क्रममा उनीहरूले चर्को घाम, पानी र हिउँको समेत परवाह गरेनन्। कतिपय स्थानमा उनीहरू खाली खुट्टै हिँडेका थिए। विश्वभरका विभिन्न थेरवादी गुम्बाबाट आएका यी भिक्षुहरूको यात्राले लाखौँ अमेरिकीको ध्यान तानेको छ।