२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

चार्टर विमानबाट १३ जनाको टोली सहित अमेरिकी इन्डो-प्यासिफिक कमान्डर पापारो काठमाडौँ ओर्लिए

चार्टर विमानबाट १३ जनाको टोली सहित अमेरिकी इन्डो-प्यासिफिक कमान्डर पापारो काठमाडौँ ओर्लिए

न्युयोर्क – अमेरिकी सेनाको इन्डो-प्यासिफिक (हिन्द-प्रशान्त) कमान्डका प्रमुख सामुएल पापारो नेपाल पुगेका छन्। उनी बिहीबार राति अमेरिकी एयरफोर्सको विशेष चार्टर विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

पापारोसँगै १३ जनाको उच्चस्तरीय टोली पनि नेपाल गएको छ। नेपाली सेनाले यसलाई नियमित भ्रमण भनेको छ।

तीन दिने नेपाल बसाइका क्रममा पापारोले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटवार्ता गर्नेछन्। यस्तै, उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पनि भ्रमण गर्नेछन्।