मिनेसोटाबाट ठुलो फौज फिर्ता, तर ‘सानो टोली’ अझै बस्ने
- ०४ फाल्गुन २०८२
- १ मिनेटको पढाई
मिनियापोलिस- ट्रम्प प्रशासनका ‘बोर्डर जार’ टम होमनले मिनेसोटाबाट ठुलो संख्यामा सुरक्षाकर्मी फिर्ता बोलाए पनि एउटा ‘सानो टोली’ भने त्यहीँ रहने बताएका छन्।
भर्खरै सकिएको ‘अपरेसन मेट्रो सर्ज’पछि ७०० जना संघीय एजेन्टहरू फिर्ता जाँदै छन्। तर, होमनले सुरक्षा स्थितिलाई ध्यानमा राख्दै केही सुरक्षाकर्मीलाई भने मिनेसोटा छोड्न नदिने स्पष्ट पारे। उनले कति संख्यामा सुरक्षाकर्मी बस्नेछन् भन्नेबारे खुलाएनन्, तर यो टोलीले बाँकी रहेका कामहरू गर्ने बताए।
मिनेसोटामा आप्रवासी पक्राउ गर्ने क्रममा दुई जनाको मृत्यु र ठुलो विरोध प्रदर्शन भएपछि सरकारले अपरेसन रोक्ने निर्णय गरेको थियो। यद्यपि, होमनले यसलाई पूर्ण रूपमा पछि हटेको भन्न नमिल्ने संकेत गरेका छन्।