कोलोराडोमा ३० भन्दा बढी गाडी एक-आपसमा ठोक्किए: ४ जनाको मृत्यु
- ०६ फाल्गुन २०८२
- १ मिनेटको पढाई
कोलोराडो- अमेरिकी राज्य कोलोराडोमा ३० भन्दा बढी सवारीसाधन एक-आपसमा ठोक्किँदा ठुलो दुर्घटना भएको छ। यो भयानक दुर्घटनामा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार बिहान करिब १० बजे भएको उक्त दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने केहीलाई सामान्य चोट लागेको छ। प्रहरीका अनुसार सडकको उत्तरतर्फ मानवीय क्षति भएको छ भने दक्षिणतर्फ गाडीहरूमा मात्र क्षति पुगेको छ।
दुर्घटनामा मानिस मात्र नभई पशुचौपाया पनि परेका छन्। एउटा पिकअप ट्रकमा ल्याइएका ३२ वटा बाख्रामध्ये ४ वटाको मृत्यु भएको छ भने बाँकीलाई सुरक्षित निकालिएको छ। दुर्घटनाको यकिन कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। यसैबिच, कोलोराडोको पूर्वी क्षेत्रमा आगलागीको उच्च जोखिम बढेको छ भने पश्चिमी भेगमा हिमपात भइरहेको छ। मौसमको प्रतिकूलताका कारण केही हवाई उडानहरूमा समेत ढिलाइ भएको छ।