२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा नेपाल डे परेड २०२६ को समिति गठन, अध्यक्षमा बासु लामिछाने

न्युयोर्कमा नेपाल डे परेड २०२६ को समिति गठन, अध्यक्षमा बासु लामिछाने

नेपाल डे परेड २०२६ कार्यसम्पादन तथा उपसमिति  गठन

न्युयोर्क  – एनआरएनए एनसीसी न्युयोर्क च्याप्टरको  आव्हानमा यही फेब्रुअरी २२ , २०२६ को दिन एक टाउन हल बैठकबाट नेपाल डे परेड २०२६ कार्यसम्पादन समिति र उप समितिहरू गठन भएको छ।

भेलामा समुदायका अगुवा, सांस्कृतिक अभियन्ता, व्यवसायी, युवा प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल डे  परेडको  विधान अनुसार एनआरएन  न्युयोर्क च्याप्टरको अध्यक्ष नै नेपाल डे परेडको अध्यक्ष हुने व्यवस्था भए अनुसार एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने नेपाल डे परेड २०२६ का अध्यक्ष भएका हुन।  छलफल र सहमतिपछि ए पी लामा सर्वसम्मत रूपमा नेपाल डे परेड २०२६ का संयोजक  चयन भएका हुन्।

सोही बैठकमा तपशील बमोजिमको नेपाल डे परेड 2026 कार्यसम्पादन तथा विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।

नेपाल डे परेड २०२६ कार्यसम्पादन तथा विभिन्न उपसमितिहरू

अध्यक्ष : बासु लामिछाने
संयोजक: ए पी लामा

प्रदेश संयोजकहरू
1. कोसी : सुवास केसी
2. ⁠मधेस : कुंदल प्रसाद साह
3. ⁠बागमती : गोपी ढुङ्गाना
4. गण्डकी : जीवनाथ कँडेल
5. लुम्बिनी : परशुराम पन्थी
6. ⁠कर्णाली : विमल डाँगी
7. ⁠सुदूर पश्चिम : नबिन ओझा

संयोजकहरू
मूल आयोजक समिति संयोजक-अमित पाण्डे
आर्थिक संयोजक -कृष्ण लामिछाने
कार्यक्रम व्यवस्थापन संयोजक- रश्मि श्रेष्ठ
मिडिया संयोजक : बेगम पण्डित (त्रिवेणी टाइम्स)
प्रचार प्रसार संयोजक : देवकी पन्त
मञ्च व्यवस्थापन : सफोल्क काउन्टी नेपाली समाज
ट्रक व्यवस्थापन : लङ्गआइल्याण्ड नेपाली समाज
अतिथि सत्कार संयोजक : शान्ति जिरेल/रोशनी सिंह खड्का
समुदाय सम्पर्क संयोजक : ओम विश्वकर्मा
र्‍याली व्यवस्थापन संयोजक : बलभद्र खडायत /पुष्कर खनाल
सांस्कृतिक संयोजक : बसन्ती राई
स्वयंसेवक संयोजक : हाम्रो पोखरा युएसए / सिन्धु युएसए वेलफेयर सोसाइटी
झाँकी व्यवस्थापन संयोजक : राईमन महारा
विदेशी पाहुना संयोजक : सोमनाथ घिमिरे
सह संयोजक
1- ध्रुव कुँवर
2- मिलन शाही
3-  कृष्ण आचार्य
4-  राजन गौली
5- राजु तामाङ
6- चमेली खाती परियार
7- रायभान महरा
8-  शङ्कर पौडेल
9- प्रदीप खड्का
10- सूर्य पौडेल
11- तुलसी आचार्य

नवगठित कार्यसमितिले अब समुदायका सङ्घसंस्था, स्थानीय निकायहरूसँग समन्वय, आर्थिक स्रोत सङ्कलन, स्वयंसेवक परिचालन तथा सांस्कृतिक कार्यक्रमको तयारी तत्काल सुरु गर्ने जनाएको छ। सन् २०२६ को परेडमा न्युयोर्क र आसपास क्षेत्रमा रहेका युवा समूह, कलाकार, सांस्कृतिक संस्थाहरू तथा व्यवसायीहरूको अझ व्यापक सहभागिता गराउने लक्ष्य राखिएको छ।

आयोजकहरूका अनुसार नेपाल डे परेड न्यूयोर्क स्थित नेपाली डायस्पोराका लागि सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक कार्यक्रमहरूमध्ये एक बन्दै गएको छ। यस परेडले नेपालका भाषा, भेष भूषा, सङ्गीत, नृत्य, कला, र परिकारहरू सार्वजनिक रूपमा प्रदर्शन गर्दै विदेशमा बसोबास गर्ने नेपालीबिच एकता सुदृढ गर्ने अवसर प्रदान गर्दछ।

सो बैठकमा समुदायका अगुवाहरूले नेपाल डे परेडले हिमालदेखि तराईसम्मको विविधता र बहु सांस्कृतिक सद्भावको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन्। दौरा–सुरुवाल र गुन्यु–चोली लगायत विभिन्न जातजातिका परम्परागत पहिरन  जस्ता परम्परागत पहिरन, जातीय नृत्य, साङ्गीतिक प्रस्तुति तथा सांस्कृतिक प्रदर्शनीहरू आगामी परेडका मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ।

नेपाली संस्कृति न्यूयोर्कका सडकमा प्रदर्शन हुँदा अमेरिकी समाजमा नेपालको इतिहास, मूल्य र योगदानबारे परिचय फैलिने तथा यहाँका युवामा गर्वको भावना बढ्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम का अध्यक्ष बासु लामिछाने र संयोजक  ए .पी. लामाको नेतृत्वमा कार्यसमितिले सबै संघसंस्थासँग सहकार्य र पारदर्शिताका साथ काम गर्दै सन् २०२६ को परेडलाई अझ ठुलो, समावेशी र प्रतिनिधिमूलक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल डे परेड २०१६ देखि  नेपाली अमेरिकनहरूको एकताको प्रतीकको रूपमा स्थापित हुँदै गएको छ। आयोजकहरूले २०२६ को कार्यक्रमले सांस्कृतिक संरक्षणलाई अझ बलियो बनाउने र न्यूयोर्कको बहु सांस्कृतिक समाजमा नेपाली पहिचानलाई अझ व्यापक बनाउने विश्वास व्यक्त गरेका छन्।

बेगम पण्डित , न्युयोर्क