मध्यपूर्वमा रहेका नेपालीलाई सुरक्षित रहन सरकारको आग्रह
- १७ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं- मन्त्रिपरिषद्को बैठकमा मध्यपूर्वको अवस्था र त्यहाँ रहेका नेपालीको बारेमा छलफल भएको छ। परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालीलाई परेको असर र त्यसको समाधानबारे कुराकानी भएको बताए।
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीका लागि शनिबार नै सूचना जारी गरेको थियो। मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई होसियार रहन भनेको छ। अरु देशमा रहेका नेपालीलाई पनि त्यहाँको अवस्था बुझेर सुरक्षित रहन र नियम पालना गर्न मन्त्रालयले भनेको छ।
मन्त्रालयले अप्ठ्यारो पर्दा सम्पर्क गर्न काठमाडौंस्थित परराष्ट्र मन्त्रालय तथा इजरायल र दोहामा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना र नम्बर सार्वजनिक गरेको छ।