२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मध्यपूर्वका नेपालीलाई सुरक्षित रहन ‘हामी नेपाली अन्तर्राष्ट्रिय’ को आग्रह

मध्यपूर्वका नेपालीलाई सुरक्षित रहन ‘हामी नेपाली अन्तर्राष्ट्रिय’ को आग्रह

न्युयोर्क- ‘हामी नेपाली अन्तर्राष्ट्रिय’ संस्थाले मध्यपूर्वमा अहिले भइरहेको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। संस्थाले त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई सुरक्षित र सचेत रहन आग्रह गरेको छ।

संस्थाले सम्बन्धित निकायले दिएका आपतकालीन निर्देशन र सूचना पूर्ण रूपमा पालना गर्न भनेको छ। त्यस्तै, आफ्नो समुदायसँग निरन्तर सम्पर्कमा रहन र सहयोगका लागि नेपाली दूतावाससँग समन्वय गर्न पनि संस्थाले अनुरोध गरेको छ। नेपालीको सुरक्षा नै मुख्य प्राथमिकता भएको भन्दै संस्थाले सबैलाई एकजुट र सुरक्षित रहन सन्देश दिएको छ।

Screenshot