२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

२४ घण्टाभित्रै प्रत्यक्षतर्फको चुनावको नतिजा सार्वजनिक गरिने

२४ घण्टाभित्रै प्रत्यक्षतर्फको चुनावको नतिजा सार्वजनिक गरिने

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। चुनावको अघिल्लो दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले यस्तो जानकारी दिएको हो।

आयोगले मतदान सकिएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने बताएको छ। यसका साथै, आयोगले चुनावमा उत्साहका साथ सक्रिय रूपमा सहभागी हुन सबै मतदातालाई आग्रह गरेको छ।