हिन्द महासागरमा इरानी युद्धपोत डुबायौँ : अमेरिकी रक्षामन्त्री
- २० फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी रक्षामन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानको युद्धपोत डुबाएको दाबी गरेका छन्। अमेरिकी पनडुब्बीले प्रहार गरेर उक्त जहाज डुबाएको उनले बताए।
दोस्रो विश्वयुद्धपछि पहिलो पटक पनडुब्बीबाट यसरी कुनै जहाज डुबाइएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफू सुरक्षित छु भन्ने ठानेको इरानी जहाजलाई टोरपेडो हानेर डुबाइएको उनले प्रस्ट पारे।