२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नेपालको निर्वाचन सम्पन्न भएकोमा अमेरिकाद्वारा बधाई, नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक

नेपालको निर्वाचन सम्पन्न भएकोमा अमेरिकाद्वारा बधाई, नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक

काठमाडौं – नेपालमा आम निर्वाचन सम्पन्न भएको अवसरमा अमेरिकाले नेपाली जनतालाई बधाई दिएको छ। बिहीबार निर्वाचन सकिएलगत्तै काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खुसी व्यक्त गरेको हो।

अमेरिकी दूतावासले नेपालमा अब बन्ने नयाँ सरकारसँग सुरक्षा र समृद्धिका क्षेत्रमा सँगै काम गर्न आफूहरू तयार रहेको उल्लेख गरेको छ। दूतावासले जारी गरेको सन्देशमा भनिएको छ, “निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ।”

नेपाल र अमेरिकाबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहिआएको छ। निर्वाचनपछि बन्ने नयाँ नेतृत्वसँग दुईपक्षीय हित र सुरक्षाका विषयमा सहकार्यलाई अझ मजबुत बनाउने अमेरिकाको योजना देखिएको छ।