२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने विजयी

काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने विजयी

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हात पारेको छ। रास्वपाकी उम्मेदवार रन्जु न्यौपाने भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।

अन्तिम मत परिणामअनुसार रन्जुले १५ हजार ४५५ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत मात्रै पाए। रन्जुले थापालाई ९ हजार ९१ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्र ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्। यस क्षेत्रमा रास्वपाले सुरुवाती अग्रता लिँदै जित सुनिश्चित गरेको हो।