२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौं  – हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। शुक्रबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार गुरुङले भारी मतान्तरले जित हासिल गरेका हुन्।

विजयी भएका टेकबहादुर गुरुङले २ हजार ४१५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार यशोदा गुरुङले ४५४ मत मात्रै पाइन्। टेकबहादुरले यशोदालाई १ हजार ९६१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार रामबहादुर घलेले मात्र ९ मत प्राप्त गरे। मनाङमा मुख्य प्रतिस्पर्धा कांग्रेस र नेकपाबीच देखिए पनि कांग्रेसले ठुलो अन्तरले आफ्नो पक्षमा नतिजा पारेको हो।