२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

झापा ५ मा बालेनको भारी अग्रता, ओली १० हजार मतले पछि

झापा ५ मा बालेनको भारी अग्रता, ओली १० हजार मतले पछि

काठमाडौं – झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछि पारेका छन्। एमालेको ‘गढ’ मानिने यस क्षेत्रमा मतगणनाको पछिल्लो परिणामअनुसार बालेनले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्।

हालसम्म भएको २० हजार ४४४ मत गणनामा बालेनले १३ हजार ६५४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ हजार ११ मत मात्रै पाएका छन्। बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ पुगेको छ।

लामो समयदेखि ओलीले एकछत्र जित्दै आएको यस क्षेत्रमा बालेनको उदयले चुनावी नतिजा नयाँ मोडमा पुग्ने देखिएको छ। अहिले मतगणना जारी छ र बालेनको अग्रता झन्झन् बढ्दै गएको निर्वाचन कार्यालयले जनाएको छ।