काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी
- २२ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर ६ मा पनि सानदार जित हासिल गरेको छ। रास्वपाका उम्मेदवार शिशिर खनालले नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियालाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
मतगणनाको पछिल्लो नतिजाअनुसार खनालले अग्रता कायम राख्दै जित निकालेका हुन्। उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका सबुज बनिया दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका उम्मेदवार अमन मास्के तेस्रो स्थानमा सीमित भएका छन्।
खनाल निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बाँकी छ। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत रुजु गरेर केही समयमै औपचारिक प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ। काठमाडौंमा रास्वपाले एकपछि अर्को क्षेत्रमा जित निकाल्दै आफ्नो प्रभाव विस्तार गरिरहेको छ।