२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

९६ निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणना जारी

९६ निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणना जारी

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरि नै भारी अग्रता कायम गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको आज अपराह्न ५ बजेसम्मको तथ्याङ्कअनुसार १३५ निर्वाचन क्षेत्रमा भइरहेको गणनामा रास्वपा ९६ स्थानमा अगाडि देखिएको छ।

रास्वपालाई पछ्याउँदै नेपाली कांग्रेस ११ स्थानमा र नेकपा एमाले १० स्थानमा अगाडि छन्। यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ९ स्थानमा र श्रम संस्कृति पार्टी ३ स्थानमा अगाडि रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा अगाडि देखिएका छन्।

हालसम्मको अन्तिम नतिजाअनुसार काठमाडौं क्षेत्र नम्बर १ बाट रास्वपाकी रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भइसकेकी छन्। यस्तै, मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर निर्वाचित भएका छन्। देशका अन्य क्षेत्रमा पनि तीव्र गतिमा मतगणना भइरहेको छ।