झापा–५ मा बालेनको सानदार जित, ओली पराजित
- २३ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतान्तरले विजयी भएका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतान्तरले पराजित गर्दै बालेनले नयाँ इतिहास रचेका हुन्।
सार्वजनिक अन्तिम नतिजाअनुसार बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८ हजार ७ सय ३४ मत मात्र पाए। निर्वाचन आयोगको तथ्यांकअनुसार संसदीय चुनावको इतिहासमा कुनै पनि उम्मेदवारले पाएको यो मत हालसम्मकै सर्वाधिक हो।
यसअघि २०७४ को निर्वाचनमा ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर जितेका थिए। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। झापा–५ बाट निर्वाचित भएसँगै बालेनले निर्वाचन अधिकृतको कार्यालयबाट विजयी प्रमाणपत्र ग्रहण गरिसकेका छन्।