२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

इजरायलमाथि इरानी प्रतिआक्रमण : हाइफा खाडीमा क्षेप्यास्त्र विष्फोट

इजरायलमाथि इरानी प्रतिआक्रमण : हाइफा खाडीमा क्षेप्यास्त्र विष्फोट

तेल अभिभ — इरानमाथि इजरायल र अमेरिकाले गरेको भीषण हवाई आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायली क्षेत्रमा श्रृंखलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ। शनिबार उत्तरी इजरायलको हाइफा खाडीमा इरानतर्फबाट आएको एक क्षेप्यास्त्र आकाशमै विष्फोट भएको छ।

इरानमा इजरायली हमला लगत्तै इजरायलभर उच्च सतर्कता (नेसनवाइड अलर्ट) जारी गरिएको छ। इजरायली रक्षा बलले इरानी लक्ष्यहरूमा आक्रमण गरेपछि इरानले इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूमा प्रतिआक्रमण सुरु गरेको हो। समुद्र माथि भएको यो विष्फोटले तटीय क्षेत्रमा सन्त्रास फैलाएको छ।

मध्यपूर्वमा बढ्दो सैन्य तनावले मानवीय संकटसँगै वातावरणीय र जलस्रोतको सुरक्षामा समेत गम्भीर खतरा उत्पन्न गरेको छ। दुवै पक्षबीचको युद्ध झन् सघन बन्दै गएपछि यस क्षेत्रमा ठूलो विनाश हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन्।