समानुपातिकतर्फ रास्वपाको ऐतिहासिक अग्रता, अन्य दलहरू निकै पछाडि
- २५ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बर्चस्व कायम राखेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार कुल ९५ लाख ११ हजार ८४ सदर मत गणना हुँदा रास्वपाले ४५ लाख ९४ हजार ९०५ मत प्राप्त गर्दै ऐतिहासिक अग्रता लिएको छ। यो कुल गणना गरिएको मतको झन्डै ४८ प्रतिशतभन्दा बढी हो।
समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १५ लाख ४३ हजार ४०४ मत पाएको छ भने नेकपा एमाले १२ लाख ८६ हजार ४५८ मतसहित तेस्रो स्थानमा खुम्चिएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ९३ हजार ६८८ मत प्राप्त गरेको छ।
अन्य दलहरूको प्राप्त मत यसप्रकार छ:
-श्रम संस्कृति पार्टी: ३ लाख २५ हजार ९२७
-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ३ लाख ३ हजार ६८०
-जनता समाजवादी पार्टी (जसपा): १ लाख ४७ हजार २९७
-राष्ट्रिय परिवर्तन पार्टी: १ लाख ४६ हजार ९३५
-जनमत पार्टी: ६६ हजार ५४४
आयोगका अनुसार अहिलेसम्मको रुझान हेर्दा रास्वपाले समानुपातिकतर्फका ११० सिटमध्ये आधाभन्दा बढी सिट जित्ने सम्भावना देखिएको छ। थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेका साना दलहरूका लागि यो निर्वाचन निकै चुनौतीपूर्ण देखिएको छ। निर्वाचन आयोगले फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना सक्ने लक्ष्य राखेको छ।