२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्युजर्सीको बर्क्ली टाउनशिपमा तीन जनाको हत्या, एकद्वारा आत्महत्याको प्रयास

न्युजर्सीको बर्क्ली टाउनशिपमा तीन जनाको हत्या, एकद्वारा आत्महत्याको प्रयास

न्युयोर्क – अमेरिकाको न्युजर्सीस्थित बर्क्ली टाउनशिपमा मंगलबार बिहान तीन जनाको बीभत्स हत्या भएको छ। प्रहरीका अनुसार घटनापछि एक व्यक्तिले आत्महत्या गर्ने प्रयास गरेका छन्, जसको अहिले अस्पतालमा उपचार भइरहेको छ।

ओसन काउन्टीका तीन कानुन कार्यान्वयन निकायका स्रोतहरूले यसलाई ‘ट्रिपल होमिसाइड’ (तेहोरो हत्या) र आत्महत्याको प्रयासका रूपमा पुष्टि गरेका छन्। घटनाको जानकारी पाएलगत्तै बर्क्ली टाउनशिपमा सुरक्षाकर्मीहरूले अनुसन्धान सुरु गरेका छन्।

अधिकारीहरूले यस घटनाबाट सर्वसाधारणलाई थप खतरा नरहेको स्पष्ट पारेका छन्। हेलिकप्टरबाट खिचिएका दृश्यहरूमा घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन भएको देखिएको छ। हत्याको कारण र संलग्नहरूको परिचय भने अझै खुलाइएको छैन।